काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै सांसद वाग्लेले नविनता, उर्जा र महोत्वकांक्षाको पक्षबाट हेर्दा नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज बाहेक केही नभएको बताएका हुन् ।
‘अहिलेको नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याईएको दस्तावेज हो र यो परम्परा धानिएको पनि छ ।’, उनले भने, ‘नविनता, उर्जा र महोत्वकांक्षा ईत्यादीका दृष्टिकोणबाट हामीले अझ राम्रो गर्न सक्थ्यौं तर, त्यस्तो हुन सकेन । नीति तथा कार्यक्रम विगतमा जस्तो थियो, अहिले पनि उस्तै देखिएको छ ।’
त्यस्तै, सांसद वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझावसमेत दिएका छन् । नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गर्दै उनले यसको कार्यान्वयनको पक्षलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्