Skip to content
LAXMI SUNRISE BANK

बिहिबार एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार २ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK