×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ परेका १६ जनाको आजदेखि अदालतमा बयान, १४ जना अझै फरार

PRIME CA

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ परेका १६ जनाको आजदेखि अदालतमा बयान, १४ जना अझै फरार

१२ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आज (शुक्रबार)देखि अदालतमा बयान सुरू हुँदैछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकामध्ये १६ जना पक्राउ परेका छन् भने बाँकी १४ जना फरार छन् । पक्राउ परेका १६ जनालहरुलाई अदालतमा बयान गराइनेछ । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । अदालतको बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ । त्यसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: