×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ शुक्रबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ शुक्रबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

१२ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल गोलभेँडा २५ रुपैयाँ,रातो आलु(मुडे) ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ४०, भटमासकोशा १२०,मटरकोशा १८०, तिते करेला २०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४०,फर्सी हरियो ४०, घिरौंला ४०,भिण्डी ४०, सलगम ७०, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो ३००,ब्रोकाउली ५०, तोफु ११०, बरेला ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०,भारतीय दसहरी आँप २००, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २४०, आभोकाडो ४०० र मेवा नेपाली ७० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी