काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी स्वामित्वका १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् । आइतबार राष्ट्रिय सभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले यस्तो जानकारी दिएका हुन् ।
नेपालमा रहेका सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा रहेको अर्थमन्त्री महतले बताएका छन् । ‘सरकारी लगानी रहेका ४४ मध्ये २५ संस्थान नाफामा छ । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ ।’, उनले भने, ‘नेपाल सरकारले ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ ।’
सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको अर्थमन्त्री डा.महतले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्