काठमाडौं । श्रीलङ्काका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य वस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्डा मोरागोडाले उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू÷वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलङ्कालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो । बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराएका थिए ।
छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलङ्कामा आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो । यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलङ्काको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्