Skip to content
LAXMI SUNRISE BANK

छुट सुविधा नदिने ६८ अस्पतालको विवरण बुझाउँदै बालेनले स्वास्थ्यमन्त्रीलाई भने- ‘कार्वाही नगरे अस्पताल बन्द गर्छौं’

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ६८ अस्पताललाई कार्वाही गर्न माग गरेका छन् । कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण नबुझाउने ६८ स्वास्थ्य संस्थाहरुको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाउँदै कार्वाहीको समेत माग गरेका हुन् ।

केहीसमय अघि शिक्षा क्षेत्रको सुधारका लागि कठोर बनेका बालेन हाल स्वास्थ्य क्षेत्रप्रति गम्भीर देखिएका छन् । कानुनमै उल्लेख भए पनि छुट सुविधा प्रदान नगर्ने स्वास्थ्य संस्थाहरु अहिले मेयर बालेनको टार्गेटमा छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार सेवा प्रदान नगर्ने काठमाडौं महानगरपालिकाभित्रका ६८ अस्पतालाई कार्वाही गर्न आग्रह गर्दै बालेनले सरकारले यसप्रति चासो नदेखाए कार्वाहीका लागि आफै अग्रसर हुने चेतावनीसमेत दिएका छन् । ‘काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कार्वाही गर्न अनुरोध गरेका छौँ ।’, शाहले भनेका छन्, ‘यदि मन्त्रिज्युले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्यानु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’

प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टयाएर निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधा उपलब्ध गराउन यसअघि नै ध्यानाकर्षण गराइसकिएको बालेनले बताएका छन् । यस्तो छ बालेनले सार्वजनिक गरेको फेसबुक स्टाटसः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK