काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १५ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।