काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २७२ कम्पनीको ६१ लाख २८ हजार ६ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड २१ लाख ३४ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबार सेयर बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तिय संस्था, एशियन हाइड्रोपावर, पाँचथर पावर, नेरुडे लघुवित्त वित्तिय संस्था र ग्रिन द्का डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहिबार सेयर बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड २१ लाख ३४ हजार ५ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र चिलिमे हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबार सेयर बजारमा सनराइज फोकस्ड इक्वटि फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । सनराइज फोकस्ड इक्वटिमा यस्तो गिरावट आउँदा आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, माई खोला हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड-२ र सामुदायिक लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्