काठमडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहीबार भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो ।
वार्ताका क्रममा भारतका उपराष्ट्रपति धनखडले नेपाल–भारत सम्बन्धको बारेमा चर्चा गरेका थिए । वार्ताकै क्रममा उपराष्ट्रपति धनखडले सदियौँदेखि रहँदै आएको दुई देशबीचको सम्बन्ध प्रधानमन्त्री प्रचण्डको भ्रमण र भ्रमणका क्रममा हुने ऐतिहासिक सहमतिले झनै प्रगाढ बनाउने बताएका छन् ।
भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । बिहीबार नै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्