काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
बिहिबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९७ हजार १ सय ३५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।