काठमाडौं । आइतबार सेयर लगानीकर्ताहरुले ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका छन् । सरकारी नीतिको विरोधमा पछिल्लो तीन दिनदेखि आन्दोलित बनेका लगानीकर्ताले आइतबार सबै ब्रोकरमा तालाबन्दी गरेका हुन् ।
आर्थिक विधेयकमार्फत सरकारले ल्याएको कर नीति बजारविरोधी भएको र त्यसको खारेजीको माग गर्दै आइतबार ब्रोकर हाउसहरुमा तालाबन्दी गरिएको लगानीकर्ता नानीबाबु खरेलले बताएका छन् । खरेलका अनुसार आइतबार सबै ब्रोकरको टिएमएस बन्द रहनेछ । ‘हामीले सबै ब्रोकरलाई टिएमएस बन्द गर्न अनुरोध गरेका छौँ । ब्रोकरहरुमा सूचनासमेत टाँसेका छौँ ।’, उनले भने, ‘सबैले साथ दिनुहुनेछ, यति गर्दा पनि कारोबार गरियो भने त्यसपछि सृजना हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयम ब्रोकर हुनेछन् ।’
आइतबार लगानीकर्ताले ब्रोकर हाउसहरुमा गरेको तालाबन्दीमा अधिकांश ब्रोकर हाउसहरुले स्वस्फुर्त टिएमएस बन्द गर्ने घोषणा गरेका छन् भने केही ब्रोकर भने निहुँ खोज्ने मनसायमा देखिएका छन् । यद्यपी लगानीकर्ताले सबै ब्रोकरमा सूचना टाँस गर्दै तालाबन्दी गरेका छन् । भिडियोः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्