Skip to content
LAXMI SUNRISE BANK

१७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मुल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK