Skip to content
LAXMI SUNRISE BANK

प्रतिबन्धकै बेला नेपालमा भित्रियो १ करोड १७ लाख मूल्य बढीको प्लाष्टिकको माला

अर्थ सरोकार

काठमाडौं । नेपालमा प्रतिबन्ध लागेकै बेला १ करोड १७ लाख मूल्य बराबरको प्लाष्टिकको माला भित्रिएको छ । सरकारले वातावरण संरक्षणका लागि भन्दै प्रतिबन्ध घोषणा गरेको १० महिनामा सवा करोड बराबरको प्लाष्टिकका फूल मालाको आयात भएको पाइएको हो ।

वातावरण सरक्षणका लागि भन्दै २०७९ साउन १६ गते सरकारले देशभर प्लाष्टिककको फूल गुच्छा उत्पाद, आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्ध लागेकै बेला पनि निर्वाध रुपमा प्लाष्टिकका फूलमाला आयात भएको पाइएको हो ।

प्लाष्टिकको फूलमालामा प्रतिबन्ध लागेयता वैशाखसम्म नेपाल भित्र २ करोड ९ लाख २८ हजार रुपैयाँ बराबरको ७१ हजार ६२ किलो यस्ता कृत्रिम फूलमाला भित्रिएको छ । भन्सार विभागका अनुसार प्रतिबन्ध अघि नेपालमा ९२ लाख १८ हजार रुपैयाँ बराबरको २८ हजार ६८५ किलो यस्ता माला नेपाल भित्रिएका थिए । तर, सरकारले प्रतिबन्ध घोषणा गरेयता मात्रै १ करोड १७ लाख १० हजार मूल्य बराबरका ४२ हजार ३७७ किलो यस्ता फूल माला नेपाल भित्रिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK