×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीतिमार्फत व्यापारी-व्यवसायीलाई राहत हुने कार्यक्रम ल्याउँदैछौँ’- गभर्नर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मौद्रिक नीतिमार्फत व्यापारी-व्यवसायीलाई राहत हुने कार्यक्रम ल्याउँदैछौँ’- गभर्नर अधिकारी

Artha Sarokar

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारीमा भइरहेको बताएका छन् । मौद्रिक नीतिका लागि सुझाव आह्वान गरिसकेको बताउँदै गभर्नर अधिकारीले बृहत अन्तरक्रियामार्फत साउन १५ गते भित्र कार्यक्रमहरू ल्याउने तयारी रहेको बताएका छन् ।

‘मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारी गरीरहेका छौं । लगभग असार दोस्रो हप्ता बृहत अन्तरक्रिया कार्यक्रम गरेर आगामी साउन १५ गते भित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरि सक्ने योजना छ ।’, उनले भने, ‘मौद्रिक नीति पुरै आर्थिक वर्षभरिका लागि काम गर्ने खालको ल्याउने प्रयास छ ।’

त्यस्तै, गभर्नर अधिकारीले बजेटको सिलिङ किन ठूलो हो ? भन्ने कुराहरु आएको भन्दै एक्कासि बजेटको आकार घटाउन नसकिने समेत उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी