काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १२ रुपैयाँ, रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०, लोकल घिउ सिमी ६०, भटमासकोशा १३०, मटरकोशा १७०, राजमा सिमी ११०, तिते करेला ५०, लौका ६०, परवल लोकल ९०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ५०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००, ब्रोकाउली ९०, तोफु ११०, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप ९०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्