काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको रकम हिनामिना गर्ने तीन पूर्व कर्मचारी पक्राउ परेका छन् । अस्पतालको बिलिङ सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका- ४ घ रभई मध्यपुर थिमि बस्ने अस्पतालका पूर्वकर्मचारी (कार्यकारी आईपी बिलिङ्ग) को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका- ११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका- ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् ।
अस्पतालको नख्खु ललितपुरस्थित बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामको ‘एचएमआईएस सफ्टवेयर’ को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क ‘सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरेको प्रहरीले जनाएको छ । अस्पतालको २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरी घाटा पुर्याएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्