काठमाडौं । सांसद ऋषिकेश पोखरेलले २४ घण्टाभित्र जनतालाई सेवा दिन नसक्ने निकायलाई कार्वाही गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ऋषिकेश पोखरेलले कम्तीमा २४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले जनतालाई छिटोछरितो सेवा दिनुको सट्टा राज्यका निकायले नै अनेक बहानामा झुलाउने र टार्ने काम गर्दै आएको भन्दै त्यस्ता निकायलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।