काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले धितोपत्र बोर्ड सिमित व्यक्तिलाई फाइदा पुर्याउने माध्यम बन्न नहुने बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन ।’, अर्थमन्त्री डा. महतले भने, ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गास काटेर लगानी गरेका छन्, उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’
आर्थिक विधेयकमा सेयर मार्केटबाट ५० लाख रुपैयाँ बढी नाफा कमाए ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था समावेश भएसँगै चर्किएको लगानीकर्ताको आन्दोलनलाई ईंकित गर्दै अर्थमन्त्री डा.महतले भने– ‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा उल्लेख भयो, त्यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने थिएन ।’, उनले भने, ‘सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत थियो ।’
त्यस्तै, अर्थमन्त्री महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्दो रहेको दाबी गर्दै अर्थमन्त्री महतले यही कारणले पनि बोर्डको जिम्मेवारी र दायित्व बढेको उल्लेख गरेका छन् । ‘५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु धितोपत्र बोर्डको दायित्व र जिम्मेवारी हो ।’, उनले भने, ‘यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ र बोर्डको गरिमालाई अझ उचाईमा पुर्याउनेछ ।’
धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, उनले हाल धितोपत्र बोर्ड भाडाको भवनमा रहेकोले छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्