काठमाडौं । नेपाली बजारमा चाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत फागुनमा पछिल्लो ४ वर्ष यताकै उच्च प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य २६ जेठ (शुक्रबार) प्रतितोला १ हजार ४ सय ५५ पुगेको हो । योसँगै नेपाली बजारमा चाँदीको भाउले नयाँ किर्तिमानी बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गत फागुन २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पुगेको थियो । तर, शुक्रबार चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ५५ पुगेको छ । सुनचाँदी बजारमा पछिल्लो ४ वर्षमै चाँदीको मूल्य दोब्बर भएको छ । २०७६ साल जेठ २७ गते चाँदीको मूल्य प्रतितोला ७१५ रुपैयाँ थियो । यो ४ वर्षको अवधिमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ ।
यता चाँदीको मूल्य दोब्बर हुँदा सुनको मूल्य भने दोब्बर हुन सकेको छैन । शुक्रबार सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाला सुन १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्