Skip to content
LAXMI SUNRISE BANK

‘सेयरपुर’ बजारमा…

अर्थ सरोकार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायण प्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुरको विमर्श कार्यक्रम सम्पन्न भएको छ । बिहिबार काठमाडौंमा सेजनद्धारा आयोतिज कार्यक्रममा उपन्यास सेयरपुरमाथि विमर्श भएको हो ।

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजनलाई अघि बढाउनका निमित्त नारायण सापकोटाले महत्त्वपूर्ण योगदान दिएको बताए । सेयर बजारको विषयमा धेरै किताब नभएको भन्दै सापकोटाको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा ज्ञान लिन सकिने उनले जानकारी दिए । उनले भने ‘उहाँ कामको सिलसिलामा अमेरिका भएपनि आर्थिक पत्रकारका लागि निकै महत्त्वपूर्ण साबित हुने उपन्यास लेख्नु भएको छ । सेयर बजारको विषयमा धेरै किताब छैनन्, उहाँको किताबबाट उपन्यास पढेर सेयर बजारको बारेमा पत्रकार, सर्वसाधारणले थाहा पाउन सक्नेछन् ।’

त्यस्तै, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नयाँ स्टकलाई लाईसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भएपनि नयाँ कम्पनी आउँदा कति करोडको खेल हो भन्ने देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताएका थिए । उनले नेपालमा पनि नयाँ स्टक आउने चर्चा चलेको बेला आर्थिक चलखेलमा भएको कुरा सबैलाई जानकारी भएको उल्लेख गरे ।

रामप्यारी सापकोटा प्रकाशक रहेको सेयरपुरको वितरक ब्रदर बुक्स पब्लिकेसन रहेको छ भने मुद्रण प्रेस सोलुसन बागबजार रहेको छ । उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ खन्डमा विभाजित रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK