×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुद्रास्फिति ०.४६ प्रतिशतले घट्यो, महंगी अझै नियन्त्रणमा आएन

PRIME CA

मुद्रास्फिति ०.४६ प्रतिशतले घट्यो, महंगी अझै नियन्त्रणमा आएन

२६ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको तुलनामा मुल्य वृछिमा अपेक्षित न्युनिकरण हुन नसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यस्तो उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

अघिल्लो महिनाको तुलनामा यो महिना बजार महंगीमा केही सुधार आएको देखिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चैत मसान्तसम्म मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहतर्फ २६.६१ प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

रेस्टुरेन्ट तथा होटल तर्फको मुद्रास्फीति १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । थोक मूल्यका आधारमा २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: