Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ९ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ८ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK