×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, को हुन् उनी ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, को हुन् उनी ? 

Artha Sarokar

३१ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला मकवानपुर साबिक भिमफेदी गाउँ विकास समिति वडा नं. १ परिवर्तित् भिमफेदी गाउँ पालिका वडा नं. ६ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी बस्ने ३७ वर्षीय विजय पुलामी मगर पक्राउ परेका हुन् ।

उनले बिर बहादुर गुरुङ सहित १३ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु, प्रतिव्यक्ति २ लाख लाग्छ र कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक ५५ हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए । उनले पटक पटक गरी पिडितहरुबाट राहदानी तथा ७ लाख ७५ हजार २ सय रुपैयाँ लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटीएको प्रहरी टोलिले उनलाई जेठ २९ गते पुतलीसडकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी