काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले बोर्डिङ स्कुलहरुमा विद्यार्थीहरुमाथी यातना दिने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद लामाले बोर्डिङ स्कुलका शिक्षकहरुले दिने यातना अस्वभाविक भएको भन्दै उनले विद्यालयमा हुने क्रुर यातनाका कारण विद्यार्थीहरु विद्यालय जान पनि डराउन थालेको बताइन् । ‘अहिले विद्यालयमा विद्यार्थीमाथि हुने क्रुर यातनाका कारण विद्यार्थीहरुले विद्यालय छोड्ने क्रम बढेको छ ।’, उनले भनिन्, ‘यति मात्र होइन आजभोली विद्यार्थीहरु विद्यालय जान डराउने र अन्त्यमा डिप्रेसनको सिकार भई आत्मादाह गर्न बाध्य हुने विद्यार्थीको संख्या बढ्दो छ ।’
त्यस्तै, उनले काठमाडौं नयाँबजारस्थित इलिप्स स्कुलमा होस्टेल ईन्चार्ज र प्रिन्सिपलको क्रुर यातनाकै कारण धादिङको १२ वर्षीय अभिषेक तामाङले आत्महत्या गरेको बताएकी छिन् । योसँगै सांसद लामाले तामाङको आत्महत्या प्रकरणमा उनी झुण्डिएको नभई झुण्ड्याएको जस्तो शंका उब्जिएको समेत बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्