काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धनको नाममा बजेटमा संविधान विपरित काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।
सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयमा रकम एकमुष्ट नखुलाई नेताहरुको नाममा नेतापिच्छे बजेट परेको बताएका छन् । ‘गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाईन्छ की पाइँदैन ?’, उनले प्रश्न गर्दै भने, ‘यस्ता विषय र धेरै विषयहरुको लागि बजेट विनियोजन खास गरी भौतिक मन्त्रालयहरुमा एकमुष्ट शीर्षक नखुलेका एकमुष्ट रकमहरु छुट्याउने, नेता पिच्छे नेताहरुको नाममा २ पेजसम्मको कार्र्यक्रम परेको छ ।’
त्यस्तै, बजेटमा संसदलाई छलेर एकाध व्यक्तिको फाइदाका लागि गरिएको विभेदकारी रवैया खेदजनक भएको बताएका छन् । ‘यो लोकतान्त्रिक होइन । यो कुलिनतन्त्रलाई बिर्साउने यो ठालूतन्त्र मुर्दावाद भन्न चाहन्छु ।’, उनले भने, ‘बजेटको नाममा जुनखालको पक्षपात र ठालूतन्त्रको अभ्यास भईरहको छ यसलाई सच्चाईयोस ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्