काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल विमस्टेक व्यापार सम्मेलन सकेर स्वदेश फर्केका छन् । भारतको कलकत्तामा तिन दिने सम्मेलन सकेर मन्त्री रिजाल बिहिबार काठमाडौं फर्केका हुन् ।
सम्मेलनमा सहभागीता जनाउने क्रममा मन्त्री रिजालले सम्मेलनलाई सम्बोधन गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित देशको श्रेणिबाट नेपाल स्तरोन्नती हुँदै विकाशिल राष्ट्र बन्न खोजेकाले यसका लागि सदस्य राष्ट्रहरुको सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए । मन्त्री रिजालले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र समृद्ध राष्ट्र बनाउने तर्फ आफूहरु समर्पित रहेको भन्दै बिमस्टेक साझेदारहरुको निरन्तर समर्थन र सहयोगको अपेक्षा गरे ।
अहिलेको विश्वमा गतिशिल र द्रुतगतिमा अघि बढेका दक्षिण र दक्षिणपूर्वी एसियालाई जोड्ने बिमस्टेकमा नेपालको सहभागिता आफैंमा महत्वपूर्ण भन्दै मन्त्री रिजालले भने, ‘यस बिमस्टेक बिजनेस कन्क्लेभले यस क्षेत्रमा व्यापार र लगानी सहजीकरण, बजार पहुँच, निजी क्षेत्रको विकास र सार्वजनिक-निजी साझेदारीमा सुधार गर्न बहुमूल्य नतिजा र सुझावहरु दिनेछ भन्नेमा म विश्वस्त छु ।’
मन्त्री रिजालले बिमस्टेक व्यापार, लगानी, कृषि, वातावरण, जलवायु परिवर्तन र कनेक्टिभिटीमा केन्द्रित रहेको भन्दै यसलाई व्यवहारिकरुपमा मूर्त बनाउन सन् २००४ मा हस्ताक्षर भएको स्वतन्त्र व्यापार क्षेत्र सम्झौतालाई अन्तिमरुप दिने प्रयासको प्रशंसा गरेका थिए । मन्त्री रिजालले यी सम्झौताले अन्तरक्षेत्रीय व्यापारलाई बढावा दिने र निर्यात प्रवर्द्धन गर्ने विश्वास राखेको जनाएका थिए ।
कोभिड महामारीमा सदस्य राष्ट्रबीचको सहकार्यको अपरिहार्यताले यस्ता महामारीसँग प्रभावकारीरुपमा लड्न र नागरिक तथा उनीहरुको व्यवसायहितको रक्षाका लागि सामुहिक ऐक्यवद्धतालाई सुदृढ र प्रवर्द्धनगर्न आवश्यक रहेको मन्त्री रिजालले औंल्याएका थिए ।
त्यस्तै, मन्त्री रिजालले करिब ३ करोड जनसंख्या रहेको भूपरिवेष्ठित मुलुक नेपाल प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र मानवीय सम्भाव्यताले धनी रहेको उल्लेख गरेका थिए । ‘नेपालको प्राकृतिक स्रोत सम्पन्नताबाट सदस्य राष्ट्रहरुले उत्तिकै फाइदा लिन सक्नेछन् । नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि, उत्पादन र सेवा जस्ता विभिन्न क्षेत्रहरूमा व्यापार र लगानीका अवसरहरू प्रदान गर्दछ ।’ रिजालले भने ‘हामी क्षेत्रीय व्यापार र पूर्वाधार कनेक्टिभिटी अभिवृद्धि गर्न, सीमापार ऊर्जा सहयोग प्रवर्द्धन गर्न र पर्यटन र सांस्कृतिक आदानप्रदानको माध्यमबाट जनता-जनताको सम्पर्कलाई सहज बनाउन सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहकार्य बढाउन इच्छुक छौं ।’
मन्त्री रिजालले यी उपायहरूले बिमस्टेक क्षेत्रको समग्र समृद्धि र स्थिरतामा योगदान पुर्याउने विश्वास लिएको पनि उल्लेख गरे । मन्त्री रिजालले २५ बसन्तोत्सब मनाइरहँदा यो क्षेत्रको सहकार्य र नागरिकले पाउने फाइदालाई ध्यानमा राखेर सँग सँगै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्