Skip to content
LAXMI SUNRISE BANK

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK