काठमाडौं । १५ करोड क्षतिपूर्तिको मागसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतमा मुद्धा दायर भएको छ । शैक्षिक मेलामा रोक लगाएको भन्दै हिसानले १५ करोड क्षतिपूर्तिको माग गर्दै उच्च अदालत पाटनमा मेयर शाहविरुद्ध मुद्धा दायर गरेको हो ।
महानगरले शैक्षिक मेला बन्द गराएको भन्दे हिसान अदालत गएको हो । शिक्षा मन्त्रालयबाटै अनुमति लिएर सञ्चालन गरिएको मेला महानगरले अनावश्यक रुपमा बन्द गराएको हिसानको ठहर छ । मेला बन्द हुँदा आफूहरुको ३० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले बताएका छन् ।
शिक्षा मन्त्रालयबाट अनुमति लिएर हिसानले काठमाडौंको भृकुटिमण्डपमा नयाँ कलेज खोजिरहेका विद्यार्थिलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरेको थियो । तर, माध्यामिक शिक्षा परीक्षा एसइई र कक्षा १२ को नजिता नआउँदै भर्नाका लागि विद्यार्थी तान्ने उद्धेश्यले मेला आयोजना भएको भन्दै महानगरले उक्त शैक्षिक मेला बन्द गराएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्