काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ११ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ५७ लाख ५३ हजार ९ सय ६१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा सिटि होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तिय संस्था, इङवा हाइड्रोपावर, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, ग्रिन भेन्चर लिमिटेड र नेपाल इन्फ्रास्ट्रकचर बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ५७ लाख ५३ हजार ९ सय ६१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, शिव श्री हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नेपाल लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा सानिमा इक्वटि फण्ड, महुली लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी र श्री इन्भेस्टमेन्ट फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्