×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुडामणि शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय महत र ढकाललाई ९ वर्षको जेल सजाय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चुडामणि शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय महत र ढकाललाई ९ वर्षको जेल सजाय !

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना जेल चलान भएका छन् । भ्रष्टाचार मुद्धामा विशेष अदालतले शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत र उमेश ढकाललाई ९ वर्षको जेल सजाय सुनाएको हो ।

मंगलबार विशेष अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना र ढकाल र शर्मालाई ९/९ वर्ष जेल सजाय सुनाएको हो । त्यस्तै, अदालतले उनीहरुलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ जरिवाना सुनाएको छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको थियो । सोही मुद्धाको फैसला गर्दै अदालतले तीनैजनालाई जेल सजाय सुनाएको हो । तर, गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्धामा भने उनीहरुले सफाई पाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी