×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको नेतृत्वमा एक वर्षमै यति धेरै काम, ४२ किलोमिटर सडक पिच, १७ सय स्मार्ट बत्ती जडान, २५ नयाँ पार्क स्थापना…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालेनको नेतृत्वमा एक वर्षमै यति धेरै काम, ४२ किलोमिटर सडक पिच, १७ सय स्मार्ट बत्ती जडान, २५ नयाँ पार्क स्थापना…

Artha Sarokar

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा गरिएका मुख्य काम सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफ्ना घोषणापत्रमा समेटिएका जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ती जडान र फुटपाथ निर्माण लगायतका काम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक जग्गा अनाधिकृत प्रयोग भईरहेको भन्ने गुनासोका आधारमा चालु आर्थिक वर्षमा महानगरभित्र एक सय २३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरिएको मेयर शाहले जानकारी दिएका छन् । ‘हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ ।’, उनले भनेका छन्, ‘यो कार्य निरन्तर चलिरहनेछ ।’

त्यस्तै, आफ्नो घोषणापत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रुपमा स्थिरता कायम राख्ने पार्कहरुको निर्माण गर्ने योजना उल्लेख गरेअनुसार एक वर्षमा २५ वटा नयाँ पार्कको निर्माण गरिएको मेय शाहले बताएका छन् ।

योसँगै सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७ सय वटा स्मार्ट सडकबत्ती जडान गरेको समेत मेयर शाहले जनाएका छन् । त्यस्तै, पछिल्लो एक वर्षमा महानगरभित्र ४२ किलोमिटर सडक कालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण र १५ सय मिटर फुटपाथ निर्माण गरिएको मेयर शाहले जानकारी दिएका छन् । महानगरभित्र सार्वजनिक शौचालयहरु र सामुदायिक विद्यालय भवनहरु निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकास कार्यहरु पनि सम्पन्न भएको शाहको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी