काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) अदालत गएका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदर गर्न माग गर्दै मेयर शाह अदालत गएका हुन् ।
काठमाडौं महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै मेयर शाह अदालत गएको जानकारी दिएका छन् । ३२ जेठमा काठमाडौं महानगरपालिकाले सिनामंगलमा नक्सा पास नगरी भवन निर्माण गरेको भन्दै काम रोकेको थियो । सोही क्रममा काठमाडौं महानगरको टोलीले फेन्सिङ तार काटेको थियो ।
महानगरले काम रोक्दै विमानस्थल परिसरको तार काटेको भन्दै १ असारमा प्राधिकरणले मेयर बालेन शाह, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण पुगेको सातौं दिन उच्च अदालत, पाटनमा वारेसमार्फत दायर गरिएको रिटमा संविधान विपरीत र महानगरको संस्थागत काममा प्रत्यक्ष प्रतिकूलअसर पुग्ने दाबी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्