काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २७६ कम्पनीको ८० लाख ८ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहिबार सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा ओरियन्टल होटल, कालिन्चोक दर्शन, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, सिटि होटल र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहिबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट र तारागाउँ रिजेन्सी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहिबार सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्डमा यस्तो गिरावट आउँदा इङवा हाइड्रोपावर, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, कालिका पावर कम्पनी र एनआइबिएल ग्रोथ फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्