काठमाडौं । काठमाडौं महानगरपालिकाले घरभाडा बाहेक अन्य आम्दानीको स्रोत नहुने घरधनीलाई ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्षको आर्थिक विधेयक पेश गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र घरभाडा बाहेक अन्य कुनै पनि आम्दानीको स्रोत नभएका घरधनीलाई ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।
तर, घारभाडाबाटै वार्षिक १ लाखभन्दा बढी आम्दानी गर्ने र आम्दानीका अन्य स्रोत रहेकाहरुले भने महानगरबाट कुनै पनि छुट पाउने छैनन् । महानगरबाट पाउने छुटका लागि कसैले बहाल करको रकम घटाएमा १० प्रतिशत जरिवाना लिइनेछ ।
मेयर शाहले महानगरभित्र व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पूर्ण वा आशिंक रुपमा बहाल लगाएकोमा बहाल कर संकलन गरिने जनाएका छन् । व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ ।
त्यस्तै, आवासीय प्रयोजनको कर दाखिला गर्ने दायित्व तथा जिम्मेवारी घरधनीको हुनेछ भने सम्पत्ति कर र बहाल कर एकैपटक असुल गरिने मेयर शाहले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्