काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउन १ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनीता डंगोलले काठमाडौंलाई धुलो रहित शहर बनाउन १ अर्ब बजेट विनियोजन गरेको बताएकी छिन् ।
महानगरको १३औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उनले धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्नका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट ल्याएको छ ।