काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्व ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९ सय २० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि-५०, समलिंग पावर, बिपीडब्लु लघुवित्त र सिटि होटलका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९ सय २० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हिमालयन डिष्ट्रिलरी, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा सुवम पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सुवम पावरमा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, पाँचथर पावर, इङवा हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्