काठमाडौं । सामाजिक सञ्जाल ‘लिंक्ड–इन’ नेपालमा दर्ता भएको छ । डिजिटल सेवा कर (डीएसटी) लागू भएपछि कर तिर्ने गरी माइक्रोसफ्ट अन्तर्गतको लिंक्ड-इन नेपालमा दर्ता भएको हो ।
नेपालको कर प्रणालीमा दर्ता भएसँगै अब लिंक्ड–इनले नेपालमा गर्ने कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत डिजिटल सेवा कर तिर्नु पर्नेछ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि गत बैशाखमै विश्व प्रसिद्ध बहुराष्ट्रिय आईटी कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता भइसकेको छ ।