काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा डिप्रोस्क लघुवित्त वित्तिय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, ग्रामिण विकास लघुवित्त र लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार स्वाभिमान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सिक्लेस हाइड्रोपावरमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, राष्ट्रिय बिमा कम्पनी, सेञ्चुरी डेबेञ्चर २०८८ र बलेफी हाइड्रोपावमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्