Skip to content
LAXMI SUNRISE BANK

बकर इदको अवसरमा असार १४ गते देशभर सार्वजनिक बिदा

अर्थ सरोकार

काठमाडौं । सरकारले असार १४ गते (बिहीबार) सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले बकर इदको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको हो ।

इस्लाम धर्मावलम्बीहरुले निकै महत्वका साथ मनाउने बकर इदको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

बकर इदको दिन काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भीड लाग्ने गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK