काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाहलाई पक्राउ गरेको हो ।
२०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त रहेका शाह भक्तपुर मालपोत कार्यालयको शाखा अधिकृत थिए ।
राणा परिवारसँग नाता पर्ने शाह ललिता निवास प्रकरणमा संलग्न रहेको पाइएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ललिता निवासको जग्गा हिनामिना गर्न पर्दा पछाडीबाट सहयोग गरेका थिए ।