काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रि दर ८८ रुपैयाँ रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः