×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसमा आमा घरलाई आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसमा आमा घरलाई आर्थिक सहयोग

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती प्रदेश काठमाडौँ, रविभवनस्थित आमा घरलाई आर्थिक सहयोग गरेको हो ।
उक्त आर्थिक सहयोगले आमा घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: