काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ७ सय ९५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ३ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।