×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानीखोला हाइड्रोपावरले वित्तीय विवरण सार्वजनिक गर्यो, कम्पनी सार्है नाजुक !

PRIME CA

खानीखोला हाइड्रोपावरले वित्तीय विवरण सार्वजनिक गर्यो, कम्पनी सार्है नाजुक !

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनी नाजुक अवस्थामा पुगेको छ । कम्पनीले चैत मसान्तसम्म कम्पनी ९ करोड ९० लाख घाटामा रहेको विवरण सर्वाजनिक गरेको हो । गत आवको चैतमा कम्पनीमा कम्पनी १० करोड १२ लाख घाटामा थियो ।
यस्तै कम्पनीको चुक्ता पूँजी भने ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ । गत वर्षको तुलनामा रिजर्भ कोष झनै ऋणात्मक बनेर ६६ करोड २० लाखमा सिमित भएको छ । यस्तै प्रतिसेयर आम्दानी २१ रुपैयाँ २७ पैसा नोक्सानमा छ । कम्पनीको ८६ करोड ४५ लाख द्धिर्घकालिन ऋण छ । २०७३ साउनमा ९ लाख ३१ हजार ४२९ कित्ता आइपीको जारी गरेको यस कम्पनीले हालसम्म लाभांश बाड्न सकेको छैन्।
यता केहि दिन पहिले लगानीकर्ता केशब कोइरालाले कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरी लगानीकर्ताको आखाँमा छारो हाल्न  भन्दै सेबोन, नेप्से र विधुत नियमन आयोगमा उजुरी दिएका थिए । सोहि अनुसार सेबोनले नेप्सेलाई कारोबार रोक्का गर्न निर्देशन दिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: