काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७ सय ७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबार सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिटि होटल, ९.५% एनसीसी डेबेञ्चर २०८६, लक्ष्मी इक्वटी फण्ड, लक्ष्मी उन्नति कोष र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबार सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७ सय ७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, सुर्यज्योती लाइफ इन्स्योरेन्स, आइजीआइ प्रुडिन्सियल इन्स्योरेन्स र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबार सेयर बजारमा श्रीजन्शील लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । श्रीजन्शील लघुवित्तमा यस्तो गिरावट आउँदा माउनटेन इनर्जी नेपाल, ग्रामिण विकास लघुवित्त, साधना लघुवित्त वित्तिय संस्था र गुराँस लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्