×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

Artha Sarokar

१७ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको ।

यता,  डिजेटल, मट्टीतेल र हवाई इन्धनको भाउ भने बढेर आएको छ । निगमका अनुसार डिजेल प्रतिलिटर २ रुपैयाँ १६ पैसा, मट्टीतेल ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँ घटेर आएको छ ।

आइओसीले निगमलाई १५-१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गर्दछ  ।  सो अनुसार आइओसीले १५ दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी