×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि डेस्क स्थापना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि डेस्क स्थापना

Artha Sarokar

१९ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको जनाएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np/ [email protected] मा समेत गुनासो दर्ता गर्न  सकिने छ । साथै, नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी