Skip to content
LAXMI SUNRISE BANK

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण, लगानीकर्ता भन्छन्, ‘नाम अनुसारको काम भएन’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 
बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो । हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ।
यता तीन बर्षपछी बैंकले बोनस सेयर वितरण गरेपनि लगानीकर्ताहरु भने सन्तुष्ट देखिएका छैनन् । ‘नाम अनुसारको काम भएन । लगानीकर्ताहरुलाई बैंकले हेपेको महसुस भएको छ ।’ बजारमा नाम कहलिएका एक लगानीकर्ताले भने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK