काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेँडा को मूल्य एकै दिन प्रतिकिलो १० रुपैयाँले बढेको छ । नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य मंगलवार ७० रुपैयाँ थियो भने बुधबार १० रुपैयाँले बढेर ८० रुपैयाँ कायम रहेको छ । रातो आलुको मूल्यमा पनि बृद्धि भएको छ । मंगलबार ४४ रुपैयाँ उक्त आलुको मूल्य आज ४५ रुपैयाँमा उक्लेको छ ।
त्यस्तै, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बृद्धि भएको छ । हिजोको मूल्य ४० रुपैयाँ भने आज ५० रुपैयाँ पुगेको छ । लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, मूला रातो ४०, भन्टा लाम्चो ५०, भन्टा डल्लो ७०, मकै बोडी ८०, घिउ सिमी हाइब्रीड ११०, भटमासकोशा १००, तितो करेला ९०, लौका ८०, घिरौला ९०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ । त्यस्तै, रायो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ ।
यता, केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १५०, अनार ४००, आँप मालदह ७०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्